डेम्बेले ६ महिना मैदान बाहिर रहने

एजेन्सी । बार्सिलोनाका उसमान डेम्बेले करिब ६ महिना मैदान बाहिर रहने भएका छन् । ह्यामस्टिङको सफल शल्यक्रियासंगै डेम्बेले करिब ६ महिना मैदान बाहिर रहने पक्का भएको हो ।
फ्रान्सका अन्तराष्ट्रिय खेलाडी डेम्बेलेले गत साता अभ्यासको क्रममा चोट बोकेका थिए । उनको चोटको सफल शल्यक्रिया भएको क्लबले जनाएको छ । उनी धेरै समय चोटले पिरोलिएका खेलाडी हुन् । उनको दुवै खुट्टामा चोट छ ।
उनी सन् २०१७ मा बोरुसिया डर्टमण्डबाट ला लिगा च्याम्पियन बार्सिलोना आएका थिए । उनले यस सिजन मात्र तीन खेल पुरा समय खेल्न पाए । उनले सबै प्रतियोगितामा यस सिजन ६३ वटा खेल गुमाए । चोटकै कारण उनले सो खेल गुमाएका हुन् ।
फ्रान्सले विश्वकप उपाधि जित्दा डेम्बेले टिमका सदस्य थिए । उनले आसन्न २०२० को युरो कप गुमाउन सक्ने बताईएको छ ।
Facebook Comment