आरसीबीले फोटो हटाएपछि कोहली रिसाए, जिल्ल परे चहल

काठमाडौं। इण्डियन प्रिमियर लिग आइपीएलको एउटा टिम रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्ना सामाजिक सञ्जालबाट थुप्रै तस्बिर, पोष्ट र प्रोफाइल फोटो हटाएको छ । साथै उसले आफ्नो नाम पनि परिवर्तन गरेको छ ।
यसबाट उसका प्रशंसकसहित कप्तान विराट कोहली समेत छक्क परेका छन् । विराट कोहली यतिबेला न्यूजील्याण्डमा छन् । उनले बुधबार ट्वीट गरेर लेखेका छन्, ‘ पोस्ट गायब भइदिन्छन्, कप्तानलाई कुनै सूचना हुँदैन । @rcbtweets तपाईँलाई कुनै कुराको मद्दत आवश्यक छ भने मलाई भन्नुहोस् ।’
Posts disappear and the captain isn’t informed. ? @rcbtweets, let me know if you need any help.
— Virat Kohli (@imVkohli) February 13, 2020
यस्तै टिमका लेग स्पिनर युजवेन्द्र चहल पनि दंग परेका छन् । न्युजील्याण्डबाट फर्कन थालेका चहलले ट्वीट गरेर लेखेका छन्, ‘अरे आरसीबी यो के गुगली हो? प्रोफाइल फोटो र इंस्टाग्राम पोस्ट कहाँ गयो?’विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो आधिकारिक ट्विटर हैण्डलको नाम बदलेको छ ।
Arey @rcbtweets, what googly is this? ? Where did your profile pic and Instagram posts go? ?
— Yuzvendra Chahal (@yuzi_chahal) February 12, 2020
अकाउन्टले आफ्नो डिस्प्ले पिक्चर र कभर फोटो पनि हटाएको छ र नाम परिवर्तन गरेर मात्र ‘रोयल च्यालेन्जर्स’ राखेको छ । इंस्टाग्राम र फेसबुकमा पनि यही परिवर्तन गरिएको छ ।
Facebook Comment