आयाक्सका मिडफिल्डर जियाच चेल्सी जाने

एजेन्सी । डच क्लब आयाक्स तथा मोरक्कोका मिडफिल्डर हाकिम जियाच इंग्लिस क्लब चेल्सी जाने पक्का भएको छ । चेल्सीले ३७ मिलियन पाउन्डमा मिडफिल्डर जियाचलाई क्लबमा अनुबन्ध गर्ने सहमति गरेको हो ।
२६ वर्षीय जियाच अनुबन्धको लागि चेल्सी र आयाक्सबीच सहमति भएको छ । विन्टर सिजन सकि सकेकाले हाकिम आउने समरमा चेल्सीका खेलाडी हुनेछन् । उनलाई क्लबले आउने जुलाई अर्थात समर ट्रान्सफरमा चेल्सीमा सार्वजनिक गर्नेछन् ।
आयाक्सले गत सिजन सेमिफाइनलको अविश्वनीय यात्रा तय गर्दा जियाच क्लबको महत्वपुर्ण खेलाडी रहेको थिए ।
उनलाई अनुबन्ध गर्न युरोपका ठुला क्लब लिभरपुल, आर्सनलसँगै जर्मन क्लब बायर्न म्युनिखले प्रयास गरेका थिए । तर, उनले चेल्सी रोजेको हो ।
प्रतिक्रिया
Facebook Comment