वेष्ट इण्डिजका विलियम्स पोखरामा अनुबन्ध

काठमाडौं । वेष्ट इण्डिजका क्रिकेटर केस्रिक विलियम्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
विलियम्सले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । आयोजकले सामाजिक संजालबाट विलियम्सले पोखराबाट खेल्ने जनाएको हो ।
पोखराले यस अघि वेष्ट इण्डिजका स्टार क्रिस गेललाई अनुबन्ध गरिसकेको छ । ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
प्रतिक्रिया
Facebook Comment