इण्डियन प्रिमियर लिगको समय तालिका सार्वजनिक, पहिलो खेलमा मुम्बइ र चेन्नइ भिड्ने

डिसी नेपाल
४ फागुन २०७६ ९:५२

काठमाडौं। विश्वको सबैभन्दा ठूलो मानिएको टि–२० लिग इण्डियन प्रिमियर लिगको २०२० सिजनको समय तालिका सार्वजनिक भएको छ । पहिलो खेल २९ मार्चमा हुनेछ । साविक विजेता मुम्बइ इण्डियन्सको होमग्राउण्ड वानखेडेमा हुने यो खेलमा मुम्बइ र चेन्नइ सुपरकिंग्स भिड्नेछन् ।

नेपाली खेलाडी सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले पहिलो खेल ३० मार्चमा खेल्नेछ । दिल्लीले पहिलो खेल आफ्नो होमग्राउण्ड फिरोज शाह कोटलामा किंग्स ११ पंजाबसँग खेल्नेछ । यस सिजन अतिरिक्त म्याचको समायोजन गर्नका लागि प्रतियोगिता अवधि एक हप्ता बढाइएको छ। गत सिजन ४४ दिन चलेको यो प्रतियोगिता यस सिजन ५० दिनसम्म चल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *