‘बी’ डिभिजन लिगः बाँसबारी क्लबलाई ‘अराउन्ड द हिमालयज’को साथ

काठमाडौं । फागुन दोस्रो सातादेखि सरु हुने सहिद स्मारक ‘बी’ डिभिजन लिगका लागि बाँसबारी क्लबले तिब्र रुपमा तयारी सुरु गरको छ । आईतबार एक कार्यक्रम आयोजना गर्दै क्लबले तयारी तीव्र रुपमा भईरहेको जानकारी दिएको हो ।
फुटबल बिकासमा बिगत चार दशक देखी निरन्तर सहयोग गर्दै आएको बाँसबारी क्लब पछिल्लो समय देखी ‘बी’ डिभिजनमा रहँदै आएको छ । यसपटक शिर्ष डिभिजन लिगको यात्रा तय गर्ने लक्ष्यसहित क्लबले निकै अगाडी बाट तयारी थालेको हो । सहिद स्मारक ‘बी’ डिभिजन लिगका लागि क्लबले राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा प्रशिक्षक युगलकिशोर राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।
यसपटक क्लबको मुख्य प्रायोकका रुपमा ‘अराउन्ड द हिमालयज’ प्रालिले एक बर्षका लागी क्लबलाई प्रायोजन गर्ने भएको छ । यसका लागि लागि अराउन्ड द हिमालयजले क्लबलाई १० लाख रुपैयाँ प्रदान गर्नेछ । यससंगै क्लबको नाम अराउन्ड द हिमालयज बाँसबारी क्लब रहनेछ भने यस अवधिमा क्लबले प्रतिस्पर्धा गर्ने हरेक प्रतियोगितामा क्लबको जर्सीमा प्रायोजकको लोगो अंकित हुनेछ ।
क्लबले यसपटक ‘बी’ डिभिजन लिगका लागि २२ खेलाडी र ३ प्रशिक्षकसंग सम्झौता गरिसकेको छ । मुख्य प्रशिक्षकका रुपमा राई तथा सहायक प्रशिक्षक निशान श्रेष्ठ रहेका छन । भारतबाट कन्डीसनिङ प्रशिक्षकका रुपमा कपिल फोगाटालाई टोलीमा समेटेको क्लबले यसपटक टोलिमा ए डिभिजनका अनुभव बोकेका खेलाडीहरु पनि समेटेको छ ।
बाँसबारीमा अन्जन देवकोटा (कप्तान), टंक प्रसाद गुरुङ, सुलेमान थापा मगर, अनिल गुरुङ, अनुज भण्डारी, अमृत श्रेष्ठ, भिष्मराज घिमिरे, शिव (डेभिड) गुरुङ, निशान सुनार, सजिन थापा मगर, सुरेश कुमाल, विशाल स्याङतान, सुदिश जगेबु, केशब खड्का, विपिन गुरुङ, रोशन नेपाल, संजय सुब्बा, अजय राजवंशी, दिपांशु राउत, मकर ध्वज गुरुङ, कमल खवास र अमृत गुरुङ रहेका छन ।
Facebook Comment