सिरी ए को शीर्ष स्थानको इन्टरमिलान पराजित हुँदै तेस्रो स्थानमा झर्यो

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलान लाजियोसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलान लाजियोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
लाजियोका लागि सिरो इम्मोबाइल र सेर्गेज मिलिन्कोभिकले एक एक गोल गरेका थिए भने इन्टरका लागि एक गोल एशले योंगले गरेका थिए ।
यो हारसहित इन्टर मिलानले युभेन्टसलाई जितेर शिर्ष स्थानमा जाने अवसर मात्र गुमाएन लिगमा तेस्रो स्थानमा पुगेको छ ।
इन्टरलाई लाजियोले उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । लाजियोको २४ खेलमा ५६ अंक रहेको छ भने इन्टरको २४ खेलमा ५४ अंक रहेको छ ।
त्यस्तै युभेन्टस भने २४ खेलमा ५७ अंकसहित लिगको शिर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment