कुवेतमा दुर्घटनमा ज्यान गुमाएका चौधरीका परिवारलाई सम्पर्कमा आउन दूतावासको आग्रह
कुवेत । कुवेतको निर्माणस्थलमा दुर्घटना हुँदा ज्यान गुमाएका दोधाना–७ सिराहाका गंगाराम चौधरीका परिवारलाई सम्पर्कमा आउन कुवेतस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
गएको बुधवार दिउँसो कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसी मार्फत ‘साउथ अल–मुत्ता सिटी’ निर्माणमा खटिएका युनिभर्सल लिडर्स एण्ड जेनेरल कन्स्ट्रक्टिङका कामदारहरू दुर्घटनामा परेका थिए ।
दुर्घटनामा ६ जनाले ज्यान गुमाउनुका साथै २ जना घाइते भएका थिए । दुर्घटनामा गंगारामसहित पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ, दाङका श्यामनारायण चौधरी, रोल्पाका राजु रोकामगर र नवलपरासीका पूर्णबहादुर सुनसरी मगरले ज्यान गुमाएका थिए ।
यस्तै दुर्घटनामा घाइते भएका धर्मेन्द साहको उपचार भइरहेको छ भने अर्का घाइते मनोरथ मण्डल उपचारपछि कम्पनीको क्याम्पमा फर्केका थिए ।
दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाका परिवार दूतावासको सम्पर्कमा आएपनि सिरहाका गंगाराम चौधरीको परिवार अझैसम्म सम्पर्कमा नआएको कुवेतस्थित नेपाली राजदूतावासकी दितिय सचिव जानकी ओझाले बताइन् । उनका परिवारलाई तुरुन्त सम्पर्कमा आउन दूतावासले अनुरोध गरेको छ । रााहदानी अनुसार मृतकका बुवाको नाम पन्नाई चौधरी हो ।
Facebook Comment