हिमालय क्रिकेट लीगमा एकै दिन २० विकेट पतन

काठमाडौं। दोस्रो संस्करणको हिमालय क्रिकेट लिगको पहिलो दिनको खेल समाप्त भएको छ।
मूलपानि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हिमालय क्रिकेट एकेडेमी (एचसीए)ले ३४ ओभर १ बलमा अलआउट हुँदै १ सय ४४ रन बनायो।
एचसीएका लागि रजत तिमल्सिनाले सर्वाधिक रन बनाए। ३८ बलको सामना गरेका उनले ८ चौका र १ छक्कासहित ४२ रनको योगदान गरे।
यस्तै गजेन्द्र बोहराले १६ रन , अमृत थापाले १४ रन , भूमिसिंह कुवरले १६ रन र अत्यतिर सन्दीप शाहीले २३ रनको योगदान गर्नु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिम सस्तैमा अलआउट हुन पुग्यो।
बलिङतर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमीका सोनु देवकोटाले ३ तथा राशिद खान र मोहम्मद हुसेनले समान २–२ विकेट लिए भने, अरियो पौडेल र विवेक यादवले पनि १–१ विकेट हात पारे।
त्यसपछी ग्रेट हिमालयले आफ्नो पहिलो पारीमा ६० ओभरमा अलआउट हुँदै ३२० रन बनाएको थियो। ग्रेट हिमालयका लागि कप्तान आशिफ शेखले शतकीय पारी खेले।
९५ बलको सामना गरेका उनले १७ चौका र १ छक्कासहित १०० रन बनाए।
यस्तै ग्रेट हिमालयका लागि आयुश बस्नेतले पनि ६९ रनको योगदान गरे भने आयुशमान बमले ५३ रन तथा अशोक बस्नेतले ५२ रनको योगदान गरे।
बलिङतर्फ हिमालय क्रिकेटका सन्दीप शाहीले सर्वाधिक ४ विकेट लिए भने कप्तान प्रतिष जिसीले २ विकेट लिए। गजेन्द्र बोहरा र दिपक बोहराले पनि १–१ विकेट हात पारे।
ग्रेट हिमालयको पारी सकिएपछि हिमालय क्रिकेट एकेडेमीले आफ्नो दोस्रो पारी शुरु गरेको छ। पहिलो दिनको खेल समाप्तिसम्ममा उसले १२ रन बनाएको छ।
Facebook Comment