ट्वीटर ट्रेन्डिङमा फरगेट एस्टरडे

डिसी नेपाल
५ फागुन २०७६ १९:२८

काठमाडौं। सामाजिक सञ्जाल ट्वीटरमा आइतबार नेपाली ट्रेन्डमा फरगेट एस्टरडे आएको छ। यो फरगेट एस्टरडे ट्रेन्डिङमा आउनुको कारण भने निकै रोचक छ।

गएको असोज १३ गते बेलुका सञ्चार माध्यममा एक अप्रत्यासित र सनसनीपूर्ण भिडियो अन्तवार्ता सार्वजनिक भयो। जसमा तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि उनको कोठामै पुगेर बलात्कार तथा कुटपिट गरेको आरोप लगाइएको थियो।

यो अन्तर्वार्ता सार्वजनिक भएपछि असोज १४ गते महराले सभामुखबाट राजीनामा दिए। त्यो दिन रोशनी पुरै गायब भइन्। अर्को दिन उनले बलात्कार आरोप फिर्ता लिएको अन्तर्वार्ता दिइन्। योबीचमा हाम्राकुरा डटकमलाई दिएको अन्तर्वार्तामा शोहीले एम सरबाट पठाइएको टेक्स्ट म्यासेज पनि देखाएकी थिइन्। जसमा लेखिएको थियो, ‘फरगेट एस्टरडे’ ।

आइतबार यही प्रकरणमा जिल्ला अदालत काठाडमौंले फैसला गर्यो। महरा निर्दोष ठहर भए। ट्वीटरमा यही फरगेट एस्टरडे ट्रेन्डिङ गरिरहेको छ। सोमबार साढे ७ बजेसम्म ह्यासट्याग फरगेट एस्टरडेटमा ३ हजार ३ सय १६ ट्वीट गरिएको छ। नेपाल ट्रेन्डिङको चौथो नम्बरमा यो रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *