युएईमा नेपालीलाई एक किलो सुन र कार उपहार 

डिसी नेपाल
६ फागुन २०७६ १२:०४

दुबई । रेमिट्यान्स मार्फत घरमा पैसा पठाउँदा युएईमा नेपालीले सुन र कार  उपहार पाएका छन् । युएईको अलअहलिया एक्सचेञ्जबाट पैसा पठाउँदा ताप्लेजुङ श्रीजङगा–४ का यमनाथ भट्टराईले उपहार स्वरुप १ किलो सुन पाएका छन् ।

त्यस्तै अन्य दुई जनाले कार उपहार पाएका छन् । रोल्पाका झकबहादुर गिरी झक बहादुर गिरी र  रूपन्देहीकी सिता पाण्डेले निसान सन्नी कार पुरस्कार स्वरुप पाएका हुन् ।

उनीहरूले अल अहलिया एक्सचेन्ज यूएईको विन्टर प्रमोसन योजनाअन्तर्गत घरमा पैसा पठाउँदा  उपहार पाएका हुन् । भट्टराईले आफूले पाएको १ किलो सुनको बजार मूल्य अनुसार ५७ लाख नेपाली लिने भएका छन् ।

झकबहादुर र सिताले पनि पुरस्कार स्वरुप पाएको निसान सन्नी कारको सट्टा त्यो कारको  पर्ने मूल्य बराबरको नगद रकम अर्थात १२ लाख रुपैयाँ नेपाली लिने भएका छन् ।

 




प्रतिक्रिया

One thought on “युएईमा नेपालीलाई एक किलो सुन र कार उपहार 

  1. ल सबै जना उपहार जित्ने मित्र हरुलाइ हार्दिक बधाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *