पुनर्बिमाको डेढ अर्वको साधारण सेयरलाई बोर्डको स्विकृती
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आईतबार कम्पनीलाई उक्त सेयर निश्कासनका लागि अनुमति दिएको हो ।
पुनर्बिमा कम्पनीले एक सय रुपैयाँ अंकित दरमा एक करोड ६० लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको सेयर निश्कासन तथा बिक्री प्रवन्धकको काम आरबीबी मर्चेन्टले गर्दैछ । बोर्डको अनुमति पाएपछि फागुनभित्र साधारण सेयर निश्कासन गरिने कम्पनीले जनाएको छ ।
हाल आठ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको पुनर्बिमा कम्पनीको साधारण सेयर निश्कासन पछि पुँजी १० अर्ब पुग्नेछ ।
सार्वजनिक तथा निजी साझेदारी नीतिअन्तर्गत सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्बिमा कम्पनीले २०७२ साल साउन १ गतेदेखि आफ्नो पुनर्बिमाको कारोबारको गर्दै आएको छ ।
कम्पनीले स्वदेशका जिवन तथा निर्जीवन बिमा कम्पनी र विदेशी बिमा तथा पुनर्बिमा कम्पनीहरूसँग कारोबार गरी आव ०७४/७५ अन्त्यसम्म कुल ४ अर्ब रुपैयाँ पुनर्बिमा शुल्क संकलन तथा ९ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको जनाएको छ ।
Facebook Comment