पुलिस रिपोर्ट बनाउँदै हुनुहुन्छ? अन्यत्र मुद्दा छ भने मुस्किल छ!

डिसी नेपाल
६ फागुन २०७६ १४:५७

काठमाडौं । अपराधको अनुसन्धान गर्ने सरकारी निकायबीच सूचना आदान प्रदान हुने भएको छ । सरकारकै एउटा निकायले कारवाही गरेको व्यक्तिले अर्को निकायबाट ‘क्लिन चिट’ पाउन थालेपछि यसलाई रोक्न कारबाहीको सूचना व्यवस्थित गर्न लागिएको हो ।

“सरकारी निकायबीचमै सूचना प्रवाह प्रभावकारी छैन” सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने “यसै कारण अख्तियारले भष्टाचारको मुद्दामा अनुसन्धान गर्दा निलम्बन परेको व्यक्ति पुलीसमाबाट रिपोर्ट बनाएर विदेश जाने अवस्था छ ।”

सरकारका सबै निकायले गरेको कारवाहीको सूचना आदानप्रदान गर्न नेपाल प्रहरी मातहत रहने गरी प्रहरी प्रधान कार्यालयमा सचिवालय स्थापना गरिएको छ । सूचना प्रवाह गर्न अनलाइन सिस्टम निर्माण गर्ने र यसैबाट आदानप्रदान गरिने महानिर्देशन भट्टराईले जानकारी दिए ।

फाइनान्नसिय एक्सन टास्क फोर्स (एफएटिएफ) ले यसै वर्ष नेपालमा सम्पति शुद्धीकरण क्षेत्रमा भएका कामको अनुगमन गर्दैछ । अनुगमन गर्ने समयसिमा नजिकिदै जादा सम्पति शुद्धीकरणमा प्रभावकारी काम भइरहेको देखाउन सक्रियता देखाउन थालेकोछ ।

एफएटिएफको अनुगमनमा ‘लो लेभल’ मा पर्यो भने उक्त देशको एलसी, व्यापार विदेशमा चल्दैन । विदेशी बैंकमा डलर खाता नै खोलिदैन । विदेशीस्थिती नियोगहरुको खाता खुल्दैन ।

सम्पती शुद्धीकरण विभागले गरेको रिक्स एसिसमेन्टमा नेपालमा सबैभन्दा बढि सम्पति शुद्धीकरण हुने क्षेत्रमा भ्रष्ट्राचार, कर छलि, मानव तस्करी र बैंकिङ अपराध देखिएका छन् । विभागले यी क्षेत्रलाई अनुसन्धानको उच्च प्राथमिकतामा राखेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *