च्याम्पियन्स लिगः नकआउट राउण्ड आजदेखि, आज २ हाइभोल्टेज खेल हुने

डिसी नेपाल
६ फागुन २०७६ १५:४५

काठमाडौं। यूइएफए च्याम्पियन्स लिगमा मंगलबारदेखि राउण्ड अफ १६ अन्तर्गत नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । आज दुई हाइभोल्टेज खेल हुँदैछन् जसमा चार बलिया क्लब प्रतिस्पर्धा गर्दैछन् ।

मंगलबार राति एथ्लेटिको मड्रिड र डिफेन्डिङ च्याम्पियन लिभरपुलबीच एथ्लेटिको मड्रिडको घरेलु मैदानमा प्रतिस्पर्धा हुँदैछ । यस्तै अर्को खेलमा बोरुसिया डर्टमन्ड र पीएसजीबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली सयमअनुसार राति १ बजेर ४५ मिनेटमा सुरु हुनेछ । प्रतिस्पर्धामा उत्रन लागेका सबै टोली उपाधि दाबेदार भएकाले आजको खेललाई महत्वपूर्ण रुपमा लिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *