‘दोस्रो टोखा महोत्सव’ फागुन २३ देखि

डिसी नेपाल
६ फागुन २०७६ २३:२८

टोखा । धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखामा ‘दोस्रो टोखा महोत्सव–२०७६’ हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रको टोखा नगरपालिकाको आयोजनामा टोखा बजारमा फागुन २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचारप्रसारलाई तीव्र पारेको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाभित्रको धार्मिक, ऐतिहासिक, पौराणिक, संस्कृतिलाई आम जनतामाझ चिनाउनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । “मेलामा स्थानीय कला संस्कृति, झाँकी, स्थानीय नेवारी खानाको प्रदर्शन गरिनेछ”, उनले भने । नेवाःगुथि टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको छ ।

तीन दिनसम्म चल्ने महोत्सवमा नगरपालिकाका साँस्कृतिक तथा धार्मिक धरोहर सम्पदाको पहिचान र त्यसको प्रचारप्रसार गर्ने तथा सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल पार्ने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले महोत्सव सम्पन्न गर्न चालू आर्थिक वर्षमा रु २५ लाख विनियोजन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *