अष्ट्रेलियाको समुन्द्री तटमा एक नेपाली युवा मृत फेला

डिसी नेपाल
७ फागुन २०७६ १०:५२

सिड्नी । सिड्नीको समुन्द्री तटमा एक नेपाली युवक मृत फेला परेका छन् । गत शनिबारदेखि बेपत्ता भएका ३२ वर्षीय नेपाली युवा अमित सोनार समुन्द्री तटमा मृत अवस्थामा फेला परेका हुन् ।

मृतक अमित नेपाली समुदायमा परिचित युवा फुटबल खेलाडी हुन्। उनी फोटोग्राफीको पनि शोखिन थिए । अमित सम्पर्कविहीन भएपछि उनकी श्रीमतीले  खोजीदिन प्रहरीमा  जानकारी गराएकी थिइन्। उनको शव प्रहरीले सोमबार दिउँसो  स्थानीय रोयल नेशनल पार्कमा अवस्थित वाटामोला समुन्द्री तटमा फेला पारेको हो ।

प्रहरीले मोबाइल लोकेसन ट्रयाक  गरेर अमितको शव फेला पारेको थियो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनी सन् २००७ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *