बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थीको परराष्ट्रमन्त्रीलाई खुला पत्र

डिसी नेपाल
७ फागुन २०७६ २०:०२

ढाका । बंगलादेशमा अध्ययनरत मेडिकल कलेजका विद्यार्थीहरुको संगठन नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीला लाई खुला पत्र पठाएका छन् । उनीहरुले मेडिकल विद्यार्थिहरुको समसामयिक समस्याबारे ध्यानाकर्षणसहितको खुल्ला पत्र पठाएका हुन्।माननीय

यस्ताे छ पत्र-

पररास्ट्रमन्त्रि प्रदिप ज्ञवाली ज्यु,

बिषय : बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थिहरुको समसामयिक समस्याबारे ध्यानाकर्षण पत्र।

सर्वप्रथम बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुको तर्फबाट माननीय मन्त्रीज्यूकोको बंगलादेश भ्रमणको सफलताको कामना गर्दछौं। यहाँको भ्रमणले नेपाल र बंगलादेशको सम्बन्ध अझ प्रगाढ बनुन, हाम्रो शुभकामना।

देशमा व्यवस्थित चिकित्शा शिक्षा प्रणाली नहुनुले, आफ्नै देशमा पढ्ने चाहना हुँदा पनि प्रत्येक वर्ष हजरौ संख्यामा बिदेशिन बाध्य हुने गरेका छन्, मेडिकल शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थिहरु। ति मध्ये अधिकांश विद्यार्थिहरु बंगलादेश आउने गरेको वास्तविकता यहाँलाई अवगत नै छ। अहिले बंगलादेश भरि झन्डै ५ हजारभन्दा बढी नेपाली विद्यार्थीहरुले अध्ययन गरिरहेका छन्।

मन्त्री ज्युको भ्रमणको बेलाको अवसर पारेर यहाँ बिदेशी भूमिमा अध्ययन गरिरहेका एवं अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुले भोग्नु पर्ने केहि समस्याहरुको बारेमा यहालाई जानकारी गराउन जरुरि ठानेर यो ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छौं।

आशा छ मन्त्री ज्युले यी समस्या सामाधानका निम्ति यथाशिघ्र पहल गर्नुहुने छ।

१ विद्यार्थी भिसा एक्सटेन्सनमा अनियमितता स् बंगलादेशमा : एमबीबीएस अध्ययनको जम्मा अवधि ६ वर्षको हुन्छ। तर विद्यार्थीहरुले प्रत्येक वर्ष भिसा फी तिरेर विद्यार्थी भिसा एक्सटेन्सन गर्नुपर्ने हुन्छ। एकैचोटी २ वर्षको भिसाका लागि पनि निवेदन दिन सकिने भन्ने छ। २ वर्षको लागि विद्यार्थीले भिसा शुल्क तिर्छन तर, भिसा लिन जादा १ वर्षको मात्रै भिसा पाएको देखिएको छ ,सो बारे नेपाली राजदुतावासमा पनि जानकारी गराइसकेका छौं।

२ सम्बन्धित निकायद्वारा नेपाली विद्यार्थी भर्नाका निमित्त कलेजको मापदण्ड नतोकिएको स् बंगलादेशका मेडिकल कलेजमा नेपाली विद्यार्थी भर्ना गर्न यहाँका कलेजले के–के मापदण्ड पुरा गर्नु पर्छ भन्ने औपचारिक धारणा सार्बजनिक नभएका कारण वर्षेनी थुप्रै नेपाली विद्यार्थीहरु ठगिने गरेका छन् । नेपाली विद्यार्थिहरु भर्ना गर्न स् कलेजको पूर्वाधार ,हस्पिटल,कलेजको वार्षिक नतिजा, कलेजको छात्रावासको सुविधा आदि बारे अध्ययन नै नगरी नेपाली विद्यार्थी भर्ना लिन स्वीकृति दिनुले विद्यार्थीहरु समस्यामा पर्ने गरेका छन्।

३ बंगलादेश सरकारले नेपाली विद्यार्थीका निम्ति कुन संकायमा कति छात्रवृति उपलब्ध गराइरहेका छन् , छात्रवृति पाउने प्रक्रिया र मापदण्ड के कस्तो छ ? भन्ने बारे सम्बन्धित निकायले बैज्ञानिक व्यवस्थापन नगरेका कारण केहि कन्सल्टेन्सी एवं बिचौलियाहरुबाट सोझा साझा नेपाली विद्यार्थी ठगिने अनि अन्यायमा पर्ने क्रम जारि रहेको छ।

माननीय मन्त्रीज्यूको बंगलादेश भ्रमणबाट हामी सम्पूर्ण नेपाली विद्यार्थीहरु निकै नै उत्साहित छौं, हामीले हाम्रो अभिभावकको भ्रमण महसुस गरिरहेका छौं, अनि आशावादी पनि छौं। बिदेशमा अध्ययनरत आफ्ना नेपाली विद्यार्थीहरुको समस्या सामधानमा यहाँको भूमिका महत्वपुर्ण रहने छ।

तसर्थ यी समस्याहरु सामाधानका निमित्त आफ्नो स्तरबाट पहल गर्न माननीय मन्त्रीज्युसमक्ष बिनम्र अनुरोध गर्दछौं।

धन्यवाद !

नवीन यादव
अध्यक्ष,
नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन ,बंगलादेश




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *