कोरोनाका कारण फेरि आकासियो सुनको भाउ, बन्यो अर्को ऐतिहासिक रेकर्ड
काठमाडौं । आज (बिहीबार) पनि सुनको मूल्यमा उच्च नयाँ रेकर्ड कायम भएको छ । आज छापावाल सुन प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो नेपालको इतिहासकै सबैभन्दा उच्च मूल्य हो ।
बुधबार एकैदिन ४ सय रुपैयाँ बढेको सुन आज बिहीबार पनि ५ सय रुपैयाँ बढेको हो ।
आज तेजावी सुन प्रतितोला ७७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ७७ हजार १ सय तथा तेजावी सुन प्रतितोला ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार चाँदी ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
केही समययता चीनमा महामारिको रुप लिएको कोरोना भाइरसका कारण सुनको भाउ बढेको महासंघले जनाएको छ ।
यसअघि अमेरिका चीनबीचको व्यापार युद्धका कारण सुनको भाउ बढेको थियो ।
Facebook Comment