ब्यङ्ग्य कविता – “दोषी तुलो”

डिसी नेपाल
१० फागुन २०७६ १०:२१

ब्यङ्ग्य कविता

“दोषी तुलो”

कुन छ धेरै, कुन छ थोरै, कुन छ बराबरी
सबलाईइ जोख्ने तुलो हुन्थ्यो चित्त बुझ्ने गरी

वस्तु सबै जोख्थे त्यँहा सानो देखि ठूलो
मान्छे समेत जोख्ने खालको आको रैछ तुलो ।

भर्खर मात्र जोखे मान्छे त्यहि तुलोमा हाली
एकातिर भएका जति अर्का तिर खाली ।

त्यहि खालीमा राखि जोखे एउटा ब्यक्ति जब
बराबर रे दुबै तिर जिल्ल परे सब ।

गर्हुङ्गो त्यो वजन उसले पायो कसो गरि ?
थाहा थियो कि के छ भन्ने उसका पेट भरी ।

मान्छे उस्तै भारी हो कि बिग्रिएको तुलो
त्यति बिधि मान्छे भन्दा उस्को वजन ठूलो ।

बिग्रियो कि जोख्ने तुलो पिँधमा पर्यो दुलो
धमिल्लिए कि तिम्रा आँखा पर्याथ्यो कि धूलो ।

अचम्मैको तौल अरे एउटै ब्यक्ति सङ्ग
तौलवालाको सम्बाद सुन्दा भा छन् सबै दङ्ग ।

शब्द पनि उस्तै अझ महावजन धारी
त्यस्तै शब्द बोल्ने भा र भाको हो कि भारी ।

वजन वढ्ने खालकै रै छ अझ आनिबानी
जस्तो पनि बोल्न सक्ने जत्ति पनि खानी ।

गाली उस्तै शब्द उस्तै वजन उस्तै भाको
मान्छे जोख्ने अड्डाबाट त्यो पदवी पाको ।

दुइ दिन पनि टिकेन त त्यस्तो शक्ति शाली
सम्बाद सुन्दै थुक्न थाले, गर्न थाले गाली ।

त्यस्तो खालको पदवी त्यो क्यारी उसले पायो
भित्रिया पो थ्यो कि कतै अनि माया लायो ।

वजन पक्कै भारी थ्यो कि बिग्रेको थ्यो तुलो
जोख्ने मान्छे उस्तो हो कि बोल्यो जोख्नै भुल्यो ।

अर्जुन राज पन्त
(व्यङ्ग्य कवि पन्त पहिलो ब्यङ्ग्य काब्य कोइलीका समेत लेखक हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *