अप्रत्याशित हारसँगै रियल मड्रिडले शीर्षस्थान गुमायो, बार्सिलोनाले उछिन्यो

डिसी नेपाल
११ फागुन २०७६ १०:२७

काठमाडौं। स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ । पछिल्लो हारले रियललाई धक्का लाग्दा बार्सिलोनालाई फाइदा पुगेको छ ।

बार्सिलोनालो आइबरमाथि ५–० को जित हात पार्दै रियललाई अंक तालिकामा २ अंकले पछि पारेको थियो । रियलसामु लेभान्टेलाई हराउँदै पुनः शीर्ष स्थान फर्कने अवसर थियो । तर लेभान्टेले रियललाई १–० ले हरायो ।

घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई जिताउन १ मात्र गोल ७९ औं मिनेटमा जोसे लुइस मोरालेसले गरे । जितपछि लेभान्टे २५ खेलबाट ३२ अंक जोड्दै दशौं स्थानमा उक्लेको छ। उता, २५ खेलबाट ५५ अंकसहित बार्सिलोना शीर्ष स्थानमा रहँदा रियल भने समान खेलबाट ५३ अंकसहित दोस्रोमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *