चेल्सीसँग टोटनह्याम पराजित

डिसी नेपाल
११ फागुन २०७६ ११:१८

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ । चेल्सीको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले टोटनह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा ओलिभर जिराउड र मार्कोस अलोन्जोले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि एक गोल भने चेल्सीकै एन्टिनो रुडीगेरले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि चेल्सीको २७ खेलमा ४४ अंक भएको छ भने लिगको चौथो स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामको भने २७ खेलमा ४० अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *