हालाण्डको उच्च फर्म कायमै, डर्टमण्डको सहज जीत

एजेन्सी । युवा स्टार खेलाडी अर्लिङ हालण्ड उत्कृष्ट फर्ममा रहँदा बोरुसिया डर्टमण्डले जर्मन बुन्डेस लिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार भएको खेलमा डर्टमण्डले वेर्डर ब्रेमेनलाई २–० गोल अन्तरले हराएको हो ।
ब्रेमनको मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन डान जागाडोउले खेलको ५२ औँ मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए । ६६ औँ मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई सहज जित दिलाए ।
जितसँगै डर्टमण्ड २३ खेलमा ४५ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ । १७ अंक जोडेको ब्रेमेन रेलिगेसन जोनमा छ ।
प्रतिक्रिया
Facebook Comment