मेस्सीले पार गरे विशाल कोसेढुंगा, १ हजार गोलमा योगदान गर्ने पहिलो खेलाडी बने

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले फुटबल इतिहासमा विशाल कोसेढुंगा पार गरेका छन् । हिजो भएको इबरसँगको खेलमा मेस्सीले यो विशाल उपलब्धी हासिल गर्दै विश्वरेकर्ड बनाएका हुन् । मेस्सी १ हजार गोलमा योगदान (गोल र असिस्ट) गर्ने विश्वकै पहिलो र एकमात्र खेलाडी बनेका छन् । उनले अहिलेसम्म देश र क्लवको लागि खेल्दै ६९६ गोल गरेका छन् भने ३०६ गोलमा असिस्ट गरेका छन् । मेस्सी क्लव फुटबलमा स्पेनको बार्सिलोनाको लागि मात्र खेलेका छन् ।
696 goals.
306 assists.Lionel Messi has now scored or assisted more than 1,000 goals for club and country ? pic.twitter.com/Z1vGsjACDE
— B/R Football (@brfootball) February 22, 2020
हिजो राती भएको इबरविरुद्धको खेलमा मेस्सीले एक्लै ह्याट्रिकसहित ४ गोल गरे जसको मद्दतमा बार्सिलोनाले इबरलाई ५–० ले हरायो । मेस्सीले हिजो २७ मिनेटभित्रै ३ गोल गर्दै आफ्नो करिअरको ४८ औं ह्याट्रिक गरे । मेस्सीले १४, ३७ र ४० मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । चौथो गोल उनले ८७ मिनेटमा गरे । यो जीतसँगै बार्सिलोना ला लिगाको तालिकाको शीर्षमा पुगेको छ ।
मेस्सी च्याम्पियन्स लिगमा सबैभन्दा धेरै फरक फरक टिमविरुद्ध गोल गर्ने खेलाडी पनि हुन् । च्याम्पियन्स लिगमा मेस्सीले सबैभन्दा धेरै ३४ फरक फरक क्लवविरुद्ध गोल गरेका छन् । गएको २७ नोभेम्बरमा खेलिएको खेलमा मेस्सीले ३४ औं विपक्षीको रुपमा जर्मन क्लव बोरुसिया डर्टमण्डविरुद्ध गोल गर्दै रेकर्ड बनाएका थिए । उनीपछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र स्पेनका राउल छन् । दुवैले च्याम्पियन्स लिगमा ३३ फरक क्लवविरुद्ध गोल गरेका छन् ।
Facebook Comment