ललिता निवास प्रकरणमा ५४ जना प्रतिवादीलाई १५ दिन भित्र हाजिर हुन म्याद जारी
काठमाडौं। बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका ५४ जनालाई १५ दिन भित्र उपस्थित हुन विशेष अदालत काठमाडौंले म्याद जारी गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २२ गते बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।
विशेष अदालतले तत्कालीन भूमिसुधार मन्त्री डम्बरकृष्ण श्रेष्ठदेखि तत्कालीन भूमिसुधार सचिव छविलाल पन्तसम्मलाई अदालतमा उपस्थित हुन म्याद दिएको हो।
तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, भूमिसुधार सचिव छविलाल पन्त, इन्जिनियर राजेन्द्मान श्रेष्ठ, नापी कार्यालय, डिल्लीबजारका तत्कालीन नापी अधिकृत कमल घिमिरे, सर्भेक्षक देवबहादुर लामिछाने, अमिन भरतचन्द्र अर्याल, नापी अधिकृत जनकबहादुर भण्डारी, मालपोत अधिकृत हुपेन्द्रमणि केसी, भूमिसुधार अधिकारी शंकरप्रसाद सुवेदी, प्रमुख मालपोत अधिकृत प्रेमबहादुर खापुङका नाममा म्याद जारी भएको छ।
त्यस्तै, तत्कालीन सहसचिव जितबहादुर थापा, मालपोत कार्यालय डिल्लीबजारका ततकालीन नायब सुब्बा टंकनाथ पौडेल, भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकहरू पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्व प्रमुखहरू टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, नायब सुब्बा टीकाबहादुर बिसी, अंगुरकुमार सिग्देल, केदारप्रसाद श्रेष्ठ, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी र खरिदार जीवनाथ पोखरेल लगायतका नाममा म्याद जारी भएको छ।
त्यस्तै, समरजङ्ग कम्पनीका पूर्व प्रमुख अर्जुनप्रसाद भण्डारीका नाममा पनि म्याद जारी भएको छ।
Facebook Comment