वेष्ट इण्डिज टिमलाई आईसीसीको कारवाही

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले वेष्ट इण्डिज क्रिकेट बोर्डलाई जरिवाना तिराएको छ । कोलोम्बोमा शनिबार श्रीलंकाविरुद्धको एकदिवसीय खेलमा स्लो ओभर बलिङ गरेको भन्दै वेष्ट इण्डिजलाई जरिवाना गरेको हो ।
आईसीसीले वेष्ट इण्डिजलाई ४० प्रतिशत म्याच फि जरिवाना गरिएको जनाएको छ । म्याच रेफ्री जाभागल श्रीनाथले वेष्ट इण्डिजले स्लो ओभर रेट गरेको कारण कारवाहीको लागि पत्र तयार गरेका थिए ।
श्रीनाथसंगै फिल्ड अम्पाएर पौल विल्सन र रुचिरा यस्तै मराइस एरास्मसलेजारी गरेको कारवाहीमा वेष्ट इण्डिजका कप्तान पोलार्डले स्वीकार गरेका छन् । खेलमा वेष्ट इण्डिज श्रीलंकासँग १ विकेटले पराजित भएको थियो । जितसँगै श्रीलंकाले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
प्रतिक्रिया
Facebook Comment