बी डिभिजन लिगः बाँसबारीको सुखद सुरुवात

काठमाडौं । बाँसबारी फुटबल क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा श्री भगवती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै बाँसबारीले सुखद सुरुवात गरेको हो ।
बाँसबारीको जितमा सुलेमान थापा मगरले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए । जितसँगै बाँसबारीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । श्री भगवतीले भने हारबाट सुरुवात गरेको छ ।
यस्तै आइतबार नै भएको उद्घाटन खेलमा ब्वाईज युनियन क्लबले श्री कुमारी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गर्यो । ब्वाईजको जितमा वर्तमान राई र प्रदिप बोगटीले एक एक गोल गरे ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ए डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम सी डिभिजनमा घटुवा हुनेछ ।
Facebook Comment