महिला टि–ट्वान्टी विश्वकपः दक्षिण अफ्रिकाद्वारा ईंग्ल्याण्ड पराजित

डिसी नेपाल
११ फागुन २०७६ २२:१४

एजेन्सी । अष्ट्रेलियामा जारी आइसीसी महिला टि–ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकाले बिजयी सुरुवात गरेको छ । उसले आफ्नो पहिलो खेलमा इंग्ल्याण्डलाई ६ विकेटले हराउँदै अफ्रिकाले सुखद सुरुवात गरेको हो।

पर्थमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय २३ रनको योगफल बनाएको थियो । मध्यम सुरुवात गरेको इंग्ल्याण्डका तीन खेलाडीले मात्र दोहोरो रन जोड्न सके ।

इंग्ल्याण्डका नाताली स्कीभरले सर्वाधिक ५० अर्धशतक बनाइन् । त्यस्तै एमी जोन्सले २३ र फ्रान विल्सनले १४ रन जोड्दा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्। इंग्ल्याण्डलार्इ सस्तैमा समेट्न आयाबोंगा खाकाले सर्वाधिक तीन र मेरीजान क्याप र डेन भान नेकक्रेकले समान २–२ विकेट लिईन्।

एक सय १२४ रनको लक्ष्य, दक्षिण अफ्रिकाले अन्तिम ओभरको चोथो बलमा चार विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि नेकक्रेकले सर्वाधिक ४६, क्यापले ३८ रन तथा मिंग्नोन डु प्रेजले २२ र क्लो ट्रायोनले १२ रन जोडिन् । ईंग्ल्याण्डकी सोफि ईसलेस्टोनले २ विकेट लिईन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *