नेइमारलाई रातोकार्ड

काठमाडौँ । फ्रेन्च लिग वानमा पिएसजीले संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले बोर्डउक्समाथि ४–३ गोल अन्तरको जित हासिल गरेको हो ।
पिएसजीको जितमा मार्क्युनोसले दुई गोल गरे भने एडिसन कभानी र किलीयन एम्बाप्पेले एक एक गोल गरेका थिए । त्यस्तै बोर्डउक्सका लागि ह्वांग उइ जो, पाब्लो र रुबेन पार्डोले एक एक गोल गरेका थिए ।
पिएसजीका कभानीले यस खेलमा गोल गरेसँगै पिएसजीका लागि आफ्नो गोल संख्या २ सय पुर्याएका छन् । उनी पिएसजीका लागि २ सय गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् । कभानीले पिएसजीका लागि सबै प्रतियोगितामा २९८ खेल खेल्दै २ सय गोल गरेका हुन् ।
यस खेलमा दुई पहेलो कार्ड पाएपछि स्टार खेलाडी नेइमारले खेलको ९२औ मिनेटमा रातो कार्ड पाएका थिए । नेइमारले दुवै हाफको अन्त्यतिर पहेलो कार्ड पाएका थिए । यो जितपछि पिएसजी लिग वानमा २६ खेलपछि ६५ अंक हासिल गर्दै शिर्ष स्थानमा कायम रहेको छ ।
पिएसजी दोस्रो स्थानमा रहेको मार्सेली भन्दा १३ अंकले अगाडी रहेको छ । त्यस्तै बोर्डउक्सको भने २६ खेलपछि ३५ अंक छ भने लिगको १२औ स्थानमा रहेको छ ।
Facebook Comment