नयाँ दिल्लीबाट २२ वर्षीया नेपाली चेली बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह (भिडियो)

डिसी नेपाल
१२ फागुन २०७६ १०:२४

नयाँ दिल्ली। गुल्मी इश्मा टाकुरा निवासी पुनम क्षत्री भारतको राजधानी नयाँ दिल्लीबाट बेपत्ता भएकी छन्। मानसिक विकास पूर्ण रुपले नहुँदा राम्रोसँग बोल्न नसक्ने, कान कम सुन्ने तथा काम गर्दा हात कम्पन हुने जस्ता शारीरिक समस्या भएकी २२ वर्षीया पुनम २० फरवरी, ३ बजेदेखि हराइरहेकी छन्।

परिवारिक स्रोतका अनुसार पुनमकै उमेरकी एक युवती घरमा आएर पुनमलाई खेल्न जाने भन्दै आफूसँगै लगेकी थिइन्। पुनमको अध्ययनमा रुची थिएन। उनी धेरैजसो आफूभन्दा बढी उमेरका साथीसँग खेल्ने गर्थिन्।

सोही कारण परिवारले पनि उनकै साथी होलान् भनेर पुनमलाई लैजाने साथीका विषयमा धेरै चासो नदिएको परिवारका सदस्यले बताएका छन्। लामो समयसम्म पनि पुनम घर नफर्किँएपछि परिवारका सदस्य चिन्तित छन्।

दिल्ली पुलिससहित विभिन्न संघ संस्थाहरुका साथ परिवार सम्पर्कमा छन् तर कतै बाट पनि कुनै जानकारी आएको छैन। २ महिना पहिला नै पुनमकी आमाको क्यान्सरबाट मृत्यु भएको थियो। आमाको निधनपछि उनी विक्षिप्त बनेकी थिइन्।

दिल्लीमा २२ वर्षीया युवती अचानक हराउनु आफैंमा डरलाग्दो घटना हो। पछिल्लो समयमा दिल्लीमा यस्तो ग्रुपको नेक्सस घुमिरहेका हुन्छन् जसले जसले यस्ता युवा युवतीलाई अपरहण गरी भिक माग्न लगाउने तथा यौन धन्धामा सक्रिय गराउने गर्दछन्। हराएकी पुनमको मानसिक विकास पूर्णरुपमा नभएकाले उनको व्यवहार उमेरले २२ वर्षीया भएतापनि १०/१२ वर्षीया बालिकाको जस्तो थियो।

घरको आसपास खोजतलास गर्दा सीसीटीभी फुटेजमा उनी आफ्नै उमेरकी युवतीका साथ जाँदै गरेको देखिन्छ। फुटेजमा हेर्दा हराएकी युवती र उनका साथ भएकी युवतीमा घनिष्ट मित्र जस्तो देखिएपनि परिवारका कुनै पनि सदस्यले उनीहरु दुवैलाई कहिल्यै सँगै देखेका थिएनन्।

पुनमलाई धेरै समयदेखि पिछा गरेर फसाइएको हुन सक्ने परिवासका सदस्यले बताएका छन्। उनी हराएको २० फेब्रुअरी बेलुका मोबइलमा सम्पर्क गर्दा एक महिलाले ‘आजदेखि यो नम्बरमा फोन नगर्नु अब देखि तिम्री छोरी फर्किएर आउँदिन’ भन्दै फोन अफ गरेको परिवारका सदस्यले बताएका छन्।

परिवारले मुम्बई, पंजाब, उत्तर प्रदेश दिल्लीसहित कतै पनि हराएकी युवती र उनका साथ भएकी युवतीको बारेमा जानकारी गराउन अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *