बंगलादेशको एकदिवसीय टोलीमा नईम र अफीफ

डिसी नेपाल
१२ फागुन २०७६ १२:२६

काठमाडौ । आउने मार्चमा हुने जिम्बावेसँगको एकदिवसीय श्रृंखलाको लागि बंगलादेश क्रिकेट बोर्ड (बिसीबि) ले मशराफी मुर्तजाको कप्तानीमा १५ सदस्य टोलिको घोषणा गरेको छ । आईतबार भएको घोषणामा मुर्तजा संगै नजमुल हुसेन शान्तो, लिन्टन दास, अल अमीन हुसेन, मोहम्मद सैफुद्दीन र शफुल इस्लाम पनि एकदिवसीय टोलीमा परेका छन ।

बंगलादेशले आगामी महिना जिम्बाबे संग हुने तिन एकदिबसीय सिरीज मध्ये दुई खेलको लागी घोषणा गरेको १५ सदस्य टोलिमा मोहम्मद नईम र अफीफ हुसेन पनी परेका छन ।

नईम र असिफले बंगलादेशको लागी टि २० खेलिसकेका छन तर तिब्र गतिका बलर मशराफी मुर्तजाको कप्तानीमा पहिलो पटक एकदिबसीय प्रतियोगीता खेल्नेछन ।

गत महिना भएको श्रीलंका संगको सिरीजमा नअटाएका ब्याटस्म्यान लिटन दाश र अलरान्डर मोहम्मद सैफुदिन लाई पनी जिम्बाबे संगको सिरीजमा बोलाईएको छ । सिरीजको पहिलो र दोस्रो खेल क्रमश मार्च १ र ३ गतेका दिन बंगलादेशको सिलहेटमा खेलाईने छ ।

बंगलादेश एकदिवसीय टीम ः
मशरफे मुर्तजा (कप्तान), तमीम इकबाल, नजमुल हुसेन, महमुदुल्लाह रियाद, मुशफिकुर रहीम, मोहम्मद मिथुन, लिन्टन दास, तैजुल इस्लाम, अफिफ हुसेन, मोहम्मद नईम, अल अमीन हुसेन, मोहम्मद सैफुद्दीन, शफीउल इस्लाम, मेहदी हसन र मुस्तफिजुर रहमान




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *