ईपीएलः आयरल्याण्डका केभिन ओ ब्रायनले काठमाडौंबाट खेल्ने

डिसी नेपाल
१३ फागुन २०७६ १६:२३

काठमाडौं । टेष्ट राष्ट्र आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायनले पुनः काठमाडौं किंग्स इलाभेनबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

काठमाडौंले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै केभिनले क्लबबाट चौथो संस्करणको ईपीएल खेल्ने जनाएको छ । काठमाण्डौंले पहिलो विदेशी खेलाडीको रुपमा केभिनलाई अनुबन्ध गरेको हो ।

गत सिजन पनि केभिनले काठमाडौंबाटै खेलेका थिए । अलराउन्डर केभिनले गत सिजनमा उत्कृष्ट प्रदर्शन गरेका थिए । केभिनले गत संस्करणको ईपीएलमा ७ खेल खेल्दै ९ विकेट हात पार्दा सर्वाधिक विकेट लिने खेलाडीको छैठौं स्थानमा रहेका थिए ।

यस्तै ब्याटिङतर्फ प्रतियोगिता भर १ सय ८४ रन बनाउँदा काठमाण्डौंको लागि सर्वाधिक रन बनाउने खेलाडी रहेका थिए । केभिनले आयरल्याण्डबाट ३ पटक एकदिवसीय र ५ पटक टी–ट्वान्टी विश्वकप खेलेका छन् । यस्तै केभिन आयरल्याण्डको लागि टेष्ट क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *