बी डिभिजन लिगः सातदोबाटोको विजयी सुरुवात

काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा नयाँ बस्ती युथ क्लब २–० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सुखद सुरुवात गरेको हो ।
सातदोबाटोको जितमा प्रवेश गौतमले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको सातदोबाटोले दोस्रो हाफमा दुई गोल गरेको थियो ।
खेलको ५९ औं मिनेटमा प्रवेशले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८२ औं मिनेटमा प्रवेशले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–० को सहज जित दिलाए।
खेलको म्यान अफ दि म्याच प्रवेश चुनिए । जितसँगै सातदोबाटोले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । नयाँ बस्तीले भने हारबाट सुरुवात गरेको छ।
प्रतिक्रिया
Facebook Comment