पुलिस राइनो गोल्डकपको फाइनलमा

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब राइनो गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
नवलपुरमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
पुलिसको जितमा बुद्ध तामाङले दुई गोल गरे । उनले दुवै गोल दोस्रो हाफमा गरेका थिए । खेलमा बुद्ध म्यान अफ दि म्याच चुनिए ।
अब पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । १० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया
Facebook Comment