बी डिभिजन लिगः पहिलो खेलमा आरसीटीको बराबरी

काठमाडौं । रानीपोखरी कर्नर टिम आरसीटीले सहिद स्मारक बी डिभिजन लिग फुटबलको पहिलो खेलमा बराबरी खेल्दै अंक बाडेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा आरसीटीले झम्सिखेल युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा आरसीटीले पहिलो खेलमा अंक बाडेको हो ।
खेलको २८ औं मिनेटमा कप्तान अमर डंगोलले गोल गर्दै आरसीटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा अनिश चौधरीले गोल गर्दै झम्सिखेललाई हारबाट जोगाए ।
बराबरीसँगै दुवै टोलीले १–१ अंक जोडेको छ । मंगलबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबले नयाँ बस्ती युथ क्लब २–० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment