सेनाद्वारा राष्ट्रियस्तरको खेलमैदान निर्माण

डिसी नेपाल
१३ फागुन २०७६ २२:२५

विदुर । नुवाकोटस्थित नेपाली सेनाको श्री १ नम्बर गण तालीम केन्द्र मैथली क्याम्पमा राष्ट्रियस्तरको फुटबल मैदान निर्माण भएको छ । क्याम्पभित्र रहेको अव्यवस्थित मैदानलाई गणका गणपति खेमराज शर्माको पहलकदमीबाट विदुर नगरपालिकालगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा राष्ट्रियस्तरको बनाइएको हो ।

नगरपालिकाका प्रमुख सञ्जु पण्डितले मैदान उद्घाटन गर्दै सेनाले नेपाल एकीकरणको प्रारम्भिक थलो नुवाकोटमा जनतासँगको सहकार्यमा सामाजिक कार्य गर्दा सम्बन्ध अझै सुदृढ र सुमधुर हुने बताए। गणपति खेमराज शर्माले सेना र नागरिक समाजबीचको सहकार्यको अनुपम नमूनाका रुपमा मैदानलाई लिइएको बताउँदै मैदान आन्तरिक खेलकूद तथा जिल्लाका अन्य प्रतियोगितालाई पनि सहज हुने बताए ।

मैदान उद्घाटन अवसरमा सेना र स्थानीय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा श्री १ नम्बर गणको नेपाली सेना टोली २–१ गोल अन्तरले विजयी भएको गणपति शर्माले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *