एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन

डिसी नेपाल
१३ फागुन २०७६ २२:४२

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रघाती एमसीसी सम्झौता खारेजी गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ ।

रत्नपार्कबाट निकालिएको जुलुस अमेरिकी दूतावाससम्म पुगेको थियो । नेमकिपाका सांसद प्रेम सुवालल एमसीसी सैन्य गठबन्धनसँग सम्बन्धित रहेका कारण यो नेपालमा आवश्यक नरहेको बताए । अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा अशान्ति चाहेको र उसको लक्ष्य यो क्षत्रमा युद्ध गरी हतियराको ब्यापार गर्ने रहेको उनले बताए । नेपालस्थित अमेरिकी दूतावास मार्फत अमेरिकी सरकारलाई विरोधपत्र बुझाएको उनले बताए ।

प्रदर्शनका क्रममा देश बेच्न पाइँदैन, एमसीसी खारेज गर, विदेशी पूँजीपति दलालहरु मुर्दाबाद, सैन्य गठबन्धन चाँहिँदैन्, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु प्रदर्शनकारीहरुले लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *