एकदिबसीय महिला क्रिकेटमा नयाँ इतिहास

डिसी नेपाल
१४ फागुन २०७६ १२:०४

काठमाडौं। भारतको आन्ध्र प्रदेशमा भइरहेको वुमन्स अण्डर–१९ एकदिवसीय प्रतियोगितामा चंडिगढकी केशवी गौतमले अरुणचल संग भएको खेलमा ह्याट्रिक सहित १० विकेट लिएर ईतिहास रच्न सफल भएकी छिन ।

गौतमले बलिङ गर्ने क्रममा ४.५ ओभरमा एक मेडन सहित १२ रन दिएर १० विकेट लिन सफल भएकी थिईन । अण्डर–१९ एकदिवसीय प्रतियोगिता अन्र्तगत भएको खेलमा चंडिगढले टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा चार विकेट गुमाएर १८६ रन बनाएको थियो । गौतम बलिङमा मात्रै नभएर ब्याटिङमा पनी उत्कृष्ट प्रर्दशन गरेकी थिएन चंडिगढको लागी ब्याटिङ गर्दै गोतमले ६८ बलमा ४९ रन बनाएर टिमको लागी बेस्ट स्कोरर पनी बन्न सफल भएकी थिईन ।

गौतमले एतिहासिक बलिङ गर्दा बिपक्षि टोलि मात्र ८.५ ओभर खेल्दै २५ रनमै अलआउट भएको थियो । अरुणचलका ८ जाना खेलाडिहरु खाता न खोली आउट भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *