सरस्वती युथ क्लबका कप्तान दिपेशलाई प्रतिबन्ध

डिसी नेपाल
१४ फागुन २०७६ १७:०५

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरस्वती युथ क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ ।

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा प्रतियोगिताको नियमावली विपरित कार्य गरेको भन्दै एन्फाको अनुशासन समितिले दिपेशलाई २ वर्षको प्रतिबन्ध लगाएको हो ।

दिपेशले लिगको ५९ औं खेल अन्तर्गत हिमालयन शेर्पा क्लबविरुद्धको खेलमा प्रतियोगिताको नियमावली २१(७) विपरित कार्य गरेको एन्फाले जनाएको छ । यस्तै एन्फाले उनलाई ५० हजार जरिवाना समेत गरेको छ ।

एन्फाले दिपेशको नाममा पत्र लेख्दै प्रतिबन्ध र जरिवानाबारे जानकारी गराएको छ । एन्फाले आजकै मितिबाट लागु हुनेगरि दिपेशलाई प्रतिबन्ध गरिएको जनाएको छ ।

यस्तै एन्फाले हिमालयन शेर्पाका टिम म्यानेजर विजेन्द्र पुडासैनीलाई पनि तीन महिनाको निलम्बन र ३० हजार जरिवाना गराएको छ । त्यस्तै शेर्पाका गोलकिपर प्रशिक्षक मिन बहादुर बस्नेतलाई एक पटक सुध्रने मौकासहित चेतवानी दिईएको एन्फाले जनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उक्त खेलमा सरस्वतीले शेर्पालाई ४–३ ले हराउँदै लिगमा पहिलो जित दर्ता गरेको थियो । तर, त्यस खेलमा म्याच फिक्सिङ भएको भन्दै एन्फाको ईन्टिग्रिटी अफिसर सहितको टोलीले छानबिन गरेको थियो ।

हेर्नुहोस एन्फाको विज्ञप्ति




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *