युएई र कुवेतले एसिया कप छनोट खेल्ने

डिसी नेपाल
१४ फागुन २०७६ १८:५४

एजेन्सी । युएई र कुवेतले एसीसी वेष्टर्न रिजन क्रिकेटबाट एसिया कप छनोटमा स्थान बनाएका छन्ु । वेष्टर्न रिजनको फाइनल प्रवेश गरेसँगै युएई र कुवेतले एसिया कप छनोट खेल्ने पक्का भएको हो ।

बुधबार भएको सेमिफाइनलमा युएईले कतार र कुवेतले बहराइनलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो सेमिफाइनल खेलमा युएईले कतारलाई २८ रनले पराजित गर्यो । यस्तै दोस्रो सेमिफाइनल खेलमा कुवेतले बहराइनलाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

एसिया कप छनोटमा ४ राष्ट्रको सहभागिता रहने छ । एसिया कप छनोट खेल्ने २ टोलीको टुंगो भने अझै पक्का भएको छैन ।

फेब्रुवरी २९ देखि मार्च ६ सम्म थाइल्याण्डमा चल्ने इस्टर्न रिजनबाट फाइनल पुग्ने टोली र वेष्टर्न रिजनबाट फाइनल पुगेका दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

इस्टर्न र वेष्टर्नबाट फाइनल पुगेका ४ टिमको प्रतियोगिता एसिया कप छनोट हुनेछ । एसिया कप छनोटको विजेता टिमले ५ टेष्ट राष्ट्र सम्मिलित एसिया कप खेल्न पाउने छन् ।

एसिया कप छनोट विजेताले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसंग एसिया कपमा सहभागिता जनाउन पाउने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *