टी २० महिला विश्वकपः पाकिस्तानको विजयी शुरुआत

डिसी नेपाल
१४ फागुन २०७६ १९:१८

काठमाडौं । आईसीसी टी २० महिला विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी शुरुआत गरेको छ । पाकिस्तानले वेस्टइण्डिजलाई ८ विकेटले पराजित गर्दै पहिलो खेलमा जित हासिल गरेको हो।

वेस्टइण्डिजले दिएको १२५ रनको लक्ष्य पाकिस्तानले १० बल बाँकी छदैं मात्र २ विकेट गुमाएर पुरा गरेको हो । पाकिस्तानलाई जिताउन विस्मा मारुफ ३८ तथा निदा दार १८ रनमा नट आउट रहिन् ।

जाविरिया खान ३५ तथा मुनेवा अली २५ रनमा आउट भएका थिए । स्टेफेनि टेलर र एफि फ्लेचरले एक एक विकेट लिइन् । पहिला ब्याटिङ गरेको वेस्टइण्डिजले ७ विकेट गुमाएर १२४ रन बनाएको थियो ।

उसका लागि टेलर र सिमेन क्याम्पबेल दुवैले ४३–४३ रन बनाएका थिए । निदा दार, ऐमन अनवर र डयना वागले २–२ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *