राईनो गोल्डकपको उपाधि आर्मीलाई

डिसी नेपाल
१४ फागुन २०७६ २०:३०

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि जितेको छ । नवलपुरमा बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

आर्मीको जितमा सुदिल राईले निर्णायक गोल गरे । उनले खेलको सातौं मिनेटमा गोल गरेका थिए । यससँगै आर्मीले सिजनको पहिलो उपाधि जितेको छ । उपाधिसँगै आर्मीले १० लाख नगद प्राप्त गरेको छ । उपविजेताले पुलिसले ५ लाख रुपैयाँ प्राप्त गर्यो ।

यस अघि आर्मीले सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । पुलिसले भने च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा आर्मीका सुमन अर्याल प्लेयर अफ दि टुर्नामेन्ट चुनिए । सर्वाधिक गोलकर्ता पुलिसका वुद्ध बल तामाङ चुनिए । फेयर प्ले अवार्ड शेर्पा क्लबले जित्यो । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *