फेरि वामदेवलाई ‘चिसो पानीले नुहाइयो’
काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले यो चिसो सिजनमा तापक्रम बढाउने राजनीतिक दाउ चले पनि अन्ततः उनलाई ‘चिसो पानीले नुहाइएको’ छ।
२०७४ सालको आम निर्वाचनमा बर्दियाबाट पराजित भएपछि संसद छिर्न न्वारनदेखिको बल लगाइरहेका नेकपा उपाध्यक्ष गौतमले परिणाममा भने खाली हुने प्रक्रिया बुधबारसम्म जारी रहेको छ।
पछिल्लो पटक मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्य बन्ने लगभग निश्चित हुँदा पनि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘बाँङ्गिएपछि’ उनका लागि संसद छिर्ने यो बाटो पनि लगभब बन्द भएको छ।
नेकपाका लागि तथा गौतमका लागि बुधबारको दिन निकै नाटकीय रह्यो। बुधबार पार्टी सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
त्यो निर्णय बुधबार बेलुका हुँदासम्म कार्यान्वयन नगर्ने स्थितिमा पुगेको हो। अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर गौतमलाई सरकारले सिफारिस गर्न नसक्ने सुनाएका छन्। र पार्टी भित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रममा साथ दिन नेता नेपालसँग आग्रह गरेका छन्। तर, नेता नेपालले सहयोग गर्ने बचन नदिएको बुझिएको छ।
पछिल्लो दुई वर्षमा गौतमले यसरी ‘चिसो पानीले नुहाएको’ यो पहिलो घटना भने होइन। उनले करिब दर्जन पटक यस्तो नियती भोगिसकेका छन्।
Facebook Comment