संस्कृति बलियो भए मुलुक बलियो : पूर्वप्रधानमन्त्री चन्द

डिसी नेपाल
१४ फागुन २०७६ २१:५९

धनगढी । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संस्कृति बलियो भए मुलुक बलियो हुने बताएका छन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको विश्व साहित्य महोत्सवका अवसरमा बुधबार धनगढीमा बोल्दै उनले साहित्य, कला र सङ्गीतले संस्कृति बन्ने गरेको बताए ।

उनले संस्कृति कमजोर रहेको मुलुकमा मुलुकवासी र मुलुक कमजोर हुने गरेको टिप्पणी बताए। पूर्वप्रधानमन्त्री चन्दले पछिल्लो समयमा संस्कृतिमाथि आक्रमण नै नभएपनि संस्कृतिमाथि खतरा बढेको दाबी गरे । “हाम्रो संस्कृतिमाथि आक्रमण नै भइसकेको छैन”, उनले भने, “तर आक्रमण हुन सक्छ ।”

संस्कृति संरक्षणका लागि ध्यान दिनुपर्ने बेला आइसकेको बताउँदै पूर्वप्रधानमन्त्री चन्दले नयाँ पिढीलाई संस्कृति जोगाउन सतर्क बनाउनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *