वेष्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज श्रीलंकालाई

एजेन्सी । वेष्ट इण्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज श्रीलंकाले जितेको छ । बुधबार भएको दोस्रो खेलमा वेष्ट इण्डिजलाई १ सय ६१ रनले पराजित गर्दै श्रीलंकाले एक खेल अगाबै सिरिज २–० ले जितेको हो ।
श्रीलंकाले दिएको ३ सय ४६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज ३९ ओभर १ बलमा अलआउट हुँदै १ सय ८४ रनमा समेटियो । इण्डिजका सेई होपले ५१ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन्। श्रीलंकाका लक्षण सन्दाकन र वानिन्दु हसरंगाले ३–३ विकेट लिए। यस्तै नुवान प्रदिपले २ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३४५ रन बनाएको थियो। घरेलु टोलीका आभिस्का फर्नाण्डो र कुशल मेण्डिसले सतकीय पारी खेले। फर्नाण्डोले १२७ रन तथा कुशलले ११९ रन बनाए। वेष्ट ईण्डिजका सेल्डन कोटरलले ४ तथा अल्जारी जोसेफले ३ विकेट लिए।
पहिलो खेलमा श्रीलंकाले वेष्ट इण्डिजलाई १ विकेटले हराएको थियो ।
Facebook Comment