भारतलाई २–१ ले हराउँदै माल्दिभ्सले जित्यो साफ च्याम्पियनसिपको उपाधि
काठमाण्डौ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि माल्दिभ्सले पोल्टामा पारेको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा भएको फाइनल खेलमा माल्दिभ्सले भारतलाई २–१ ले हराउँदै उपाधि पोल्टामा पारेको हो ।
माल्दिभ्स दोस्रोपटक साफ च्याम्पियनसिपको बिजेता बनेको छ । उसले सन् २००८ मा पनि यो उपाधि जितेको थियो । प्रतियोगितामा माल्दिभ्सले सेमिफाइनलमा नेपाल र भारतले पाकिस्तानलाई हराएर पाइनल प्रवेश गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment