हैदराबादको कप्तानमा डेभिड वार्नर

काठमाडौँ। भारतको घरेलु लिग इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को लागी अस्ट्रेलियाई टोलीका ओपनर डेभिड वार्नरलाई सनराइजर्स हैदरावादले कप्तानको जिम्मेवारी दिएको छ।
यस अघि न्युजील्याण्डका कप्तान केन विलियमसन कप्तान रहेकामा अब उनको ठाउमा अस्ट्रेलियाका ब्याट्सम्यान डेविड वार्नरलाई हैदरावादले कप्तान बनाएको हो।
सन २०१६ मा भएको आईपीएलमा टीमको कप्तानको रुपमा डेभिड वार्नरले सनराइजर्स हैदराबाद च्याम्पियन बनाएका थिए। सन २०१८ मा भएको आईपीएलमा बल र्टैपरिङको कारण प्रतिबन्धमा परेका कारण हैदराबादले वार्नर लाई खेल्न प्रतिबन्ध लगाएको थियो।
अघिल्लो संस्करण २०१९ मा भएको आइएपीएलमा कमब्याक गरेका वार्नरले २०१९ सिजनमा उत्कृष्ट प्रर्दशन गर्दै १२ खेलमा ६९२ रन बनाउँदै सबैभन्दा बढी रन बनाउने खेलाडीको रुपमा टिमलाई फाइनल सम्म पुर्याउनु महत्वपूण योगदान गरेका थिए।
आगामी मार्च २९ देखि शुरु हुने आईपीएलको पहिलो खेल मुम्बईको वानखेडे स्टेडियममा मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सबीच हुनेछ। मुम्बई साविक विजेता हो भने चेन्नई उपविजेता हो।
Facebook Comment