कोरोना आतंकः चीनमा २८३५ को मृत्यु, जापान कोरियाका केही स्थानमा विद्यालय बन्द
काठमाडौँ । विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरसबाट चीनमा मात्रै २ हजार ८ सय ३५ जनाको ज्यान गएको छ।
उक्त भाइरसबाट हालसम्म चीनमा ७२ हजार २ सय ५१ जना संक्रमित छन् ।
सुरुवातमा चीनमा देखिएको कोरोना हाल विश्वका ४० भन्दा बढी देशमा देखिएको छ ।
लामो समयदेखि महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण घटेसँगै पाँच दिनदेखि ज्यान गुमाउनेको संख्या पनि घट्ना थालेको चिनियाँ स्वास्थ्य विभागले जनाएको छ।
कोरोनाको संक्रमणबाट बुधबार चीनमा ४७ जनाको ज्यान गएको छ भने ४ सय २७ जना नयाँ बिरामी फेला परेका छन् ।
केहीदिनदेखि चीनमा कोरोना संक्रमण घट्दै गएको छ भने चीन बाहिर फैलिँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
चीन बाहिर जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ। शनिबार बिहानसम्म चीन बाहिर दक्षिण कोरियामा १३, इरानमा २२, इटलीमा १२, जापानमा ५, फ्रान्समा २, हङकङ्मा १ र फिलिपिन्समा १ र डायमण्ड प्रिन्सेसमा जनाको ज्यान गएको छ।
चीनबाट फैलिएर कोरोना संक्रमणबाट दक्षिण कोरियामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। शनिबारसम्म कोरियामा १ हजार ७ सय ६६जना संक्रमित भएको पुष्टी भएको छ।
यस्तै जापानमा पनि संक्रमितको संख्या निकै बढेको छ । जापानमा मंगलबार बिहानसम्म ९ सय ४१ नाघेको स्वास्थ्य विभागले जनाएको छ।
कोरोनाको संक्रमण बढेसँगै दक्षिण कोरिया र जापानका अति प्रभावित स्थानका थप संक्रमण बढ्न नदिन विद्यालयहरु बन्द गरिएका छन् ।
Facebook Comment