कोरोनाभाइरसका कारण सिरी ए मा युभेन्टस र इन्टर मिलानको खेल स्थगित

काठमाडौँ । कोरोनाको संक्रमणले इटाली सिरी ए लाई समेत प्रभावित गरेको छ । यस अघि चार खेल स्थगित भएकोमा अब युभेन्टस र इन्टर मिलानबीचको खेल समेत स्थगित भएको छ । आइतबार राति हुने भनिएको सो खेल शुरुमा बिना दर्शक खेल्ने भनिएको थियो । तर कोरोनाको संक्रमण देशभरमा बढ्दै गएपछि सो खेल मे १३ का लागि सारिएको छ ।
यस अघि उडिनेस र फ्लोरेन्टिना, पार्मा र स्पाल, एसी मिलान र गिनोया तथा सासुलो र ब्रेसियाबीचको खेल स्थगित भएको थियो । सिरी ए मा अहिले युभेन्टस इन्टर मिलान भन्दा एक अंकले अगाडी रहेको छ । २५ खेलमा युभेन्टसको ६० अंक छ भने इन्टरको २५ खेलमा ५९ अंक रहेको छ । इटालीमा कोरोना संक्रमणको कारण अहिलेसम्म २१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया
Facebook Comment