लगातार २७ खेलमा अपराजित लिभरपुललाई रेलिगेशन जोनमा रहेको टिमले हराइदियो

डिसी नेपाल
१८ फागुन २०७६ १०:३४

काठमाडौँ । इङलिश प्रिमियर लिगमा लिभरपुल अन्ततः पराजित भएको छ । १३ महिनासम्म अपराजित भएको लिभरपुल गएराती सम्पन्न खेलमा वाटफोर्डसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

वाटफोर्डको जितमा इस्माइला सारले दुई गोल गरेका थिए भने ट्रोय डीनेले एक गोल गरेका थिए । वाटफोर्डले तिनै गोल दोस्रो हाफमा गरेको थियो । यो हारसँगै लिभरपुलको लगातार १८ खेलमा जितको ब्रेक लागेको छ भने ४४ खेलसम्म अपाराजित रहेकोमा पनि ब्रेक लागेको छ । साथै लिभरपुलले २०१९ को मार्च पछि पहिलो पटक कुनै खेलमा गोल गर्न असफल भएको छ ।

योसँगै लिभरपुलको २८ खेलमा ७९ अंक रहेको छ भने अझै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा २२ अंकले अगाडि रहेको छ । एक खेल कम खेलेको सिटीको ५७ अंक रहेको छ । त्यस्तै वाटफोर्डको भने २८ खेलमा २७ अंक भएको छ र रेलिगेशन जोनबाट लिगको १७औ स्थानमा उक्लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *