जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखको आधा दर्जन गोल

डिसी नेपाल
१८ फागुन २०७६ १२:२२

काठमाडौँ । बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले होफेनहेइमविरुद्ध आधा दर्जन गोल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्नले होफेनहेइमलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको फराकिलो जितमा फिलिप कोटिन्होले दुई गोल गरे भने सेर्गी ग्नाब्री, जोशुवा किम्ची, जोशुवा जिर्कजी र लिओन गोरेटज्काले एक एक गोल गरेका थिए । यस खेलमा बायर्नका फ्यानले होफेनहेइमका मालिकविरुद्ध दर्शक दिर्घामा ब्यानर राखेर विरोध गरेपछि केहि समय खेल अवरुद्ध भएको थियो ।

यो जितपछि बायर्नको लिगमा २४ खेलमा ५२ अंक भएको छ भने भने एक खेल कम खेलेको आरबि लेइपजिंग ४ अंकले पछाडी रहेको छ । त्यस्तै होफेनहेइमको भने २४ खेलमा ३३ अंक छ भने लिगको आठौ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *